मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक २१ आइतबार
  • Friday, 11 July, 2025
२o७८ कार्तिक २१ आइतबार १४:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यानमा बस दुर्घटना, आठजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक २१ आइतबार १४:२६:oo

सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी आठजनाको ज्यान गएको छ। सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको दुर्घटना परी आठजनाको मृत्यु भएको पुष्टि गरेका छन्। बस सडकबाट दुई सय मिटर तल खसेको छ। ‘घटनास्थलमै पाँचजनाको मृत्यु भएको छ,’ डिएसपी थापाले भने, ‘उद्धार गरी श्रीनगर लगिएका थप दुई बालबालिकाको र जिल्ला अस्पतालमा एकजनाको पनि मृत्यु भएको खबर छ।’ थापाले आफू घटनास्थलमै रहेको र घाइते यात्रुको उद्धार भइरहेको बताए।

‘घाइतेको संख्या धेरै छ,’ उनले भने, ‘हामी उद्धार गरी अस्पताल पुर्‍याउँदै छौँ।’ बसमा ३६ जना यात्रु रहेको बताइएको छ। सल्यानको दुलधारा, पोखरा, खलंगा हुँदै दाङको तुलसीपुरका लागि छुटेको बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोलानजिकै दुर्घटनामा परेको हो। बस दाङको तुलसीपुरस्थित राप्ती त्रिसिद्धेश्वरी यातायात प्रालिको हो। प्रालिका प्रशासनिक सचिव प्रकाश भट्टले ना.२ख २५५२ नम्बरको बस दुर्घटनामा परेको जानकारी दिए।