१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १८ बिहीबार १७:११:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा झलनाथ खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १८ बिहीबार १७:११:००

नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखमा वरिष्ठ नेता झलनाथ खनाल चयन भएका छन्। विभागको उपप्रमुखमा प्रमेश हमाल रहेका छन्। यस्तै सदस्यहरूमा डा. विजय पौडेल, मञ्जु यादल, मिलन तुलाधर, वाइपी संग्रौला र शंकर खतिवडा छन्।

यस्तै, संगठन विभाग प्रमुखमा डा. बेदुराम भुसाल रहेका छन्। उपप्रमुखमा प्रकाश ज्वाला छन्। शिक्षा विभागको जिम्मा डा. गंगालाल तुलाधरलाई दिइएको छ। विभागको उपप्रमुखमा लक्ष्मण केसी रहेका छन्। विपत् व्यवस्थापन विभागको प्रमुख पनि तुलाधर नै रहेका छन्। सहकारी विभागको जिम्मेवारी गोविन्द कोइरालाले पाएका छन् भने टेकप्रसाद चौलागाईं उपप्रमुख छन्।