१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेशको नाम छिट्टै टुंगो लगाउँछौँ : मुख्यमन्त्री राई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:१७:oo

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका छन्। बिहीबार काठमाडौँमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरणलाई चाँडै टुंगो लगाउने बताएका हुन्। 

अघिल्लो सरकारले सुरु गरेका कामलाई पूरा गर्ने र बजेटलाई स्राेत खोजेर ठूलो बनाउने उनले बताए। मुख्यमन्त्री राईले आफ्नो कार्यकालमा बजेटलाई सही ढंग र सही स्थानमा खर्च गर्ने बताउँदै नेकपा एमालेको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको आरोप लगाए। उनले प्रदेशको नामाकरण गर्न दुईतिहाइ मतको आवश्यक पर्ने भएकोले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूसँग पनि छलफल गर्ने र सहयोग पुर्‍याउन आग्रह गर्ने बताए। 

‘पहिलो कुरा त यसको नाम तोक्ने काम हामी आरम्भ गर्दछौँ र प्रक्रिया पूरा गरेर नाम तोक्छौँ, थालेका कामहरुलाई सम्पन्न गर्छौं, बजेटको आकार सानो छ,त्यो बजेटलाई हामी अर्को बजेट अधिवेशनसम्ममा स्राेतहरू खेजेर ठूलो बनाउने प्रयास गर्छौं। बजेटको सही सदुपयोग नहुने, बजेटलाई कार्यान्वयन गर्नको लागि योजना सही ढंगले छनोट नहुने, त्यसको प्राथमिकता सही ढंगले नहुने, यस्ता कमीकमजोरीलाई हामी रोक्ने प्रयास गर्छौं’, उनले भने, ‘सांसदहरूलाई निरिह बनाइएको छ, योजना छनोटमा, विधेयक निर्माणमा सांसदहरू बलियो बनाउने ढंगले हामी अघि बढाउने प्रयास गर्छौं।‘

मुख्यमन्त्री राईले नेपालमा संघीयता सही ढंगले अघि बढ्न नसकेको बताए। उनले अहिले पनि नेपालमा केन्द्रीय ढंगले नै काम हुने गरेको बताउँदै प्रदेशलाई दिनुपर्ने अधिकार संघले नदिएको बताए। मुख्यमन्त्री राईले केन्द्रीय सरकारसँग ऋण लिएर भए पनि जनहितका काम गर्ने र बजेटको दायरालाई विस्तार गर्ने बताए। 

ad
ad