सर्वोच्च अदालतमा आजका लागि पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतले आजका लागि नाै इजलासमा नाै मुद्दाको पेसी तोकिएको थियो। सर्वोच्चका अनुसार सुनुवाइ भएका मुद्दामध्ये पाँच मुद्दाको फैसला र चार मुद्दामा आदेश जारी भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आफूबाहेक १५ न्यायाधीशका लागि इजलास तोकेका थिए। जबराले बुधबार तीन एकल इजलास र ६ संयुक्त इजलास तोकेका थिए। पेसी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेका थिए।