मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Monday, 16 December, 2024
२o७८ कार्तिक १७ बुधबार १५:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अधिवक्ता भट्टराईको नजरमा प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने १२ कारण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार १५:१o:oo

नेपाल बार एसोसिएसनका पूर्वउपाध्यक्ष अधिवक्ता टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने १२ आधार रहेको बताएका छन्। अधिवक्ता  भट्टराईले नेपाल बारको धर्नापछि आयोजित कार्यक्रममा बोल्दै यस्तो आधार प्रस्तुत गरेका हुन्। 

अधिवक्ता  भट्टराईले यिनै कारणले प्रधानन्यायाधीश जबरा पदमा बसिरहन उचित नरहेको तर्क पनि गरेका छन्।  उनले प्रधानन्यायाधीश जबरा राजनीतिक नेताजसरी प्रस्तुत हुन थालेको आरोप लगाएका छन्। उनले जबरालाई पदमा बसिरहने कानुनी, नैतिक र संवैधानिक आधार नभएको जिकिर गरेका छन्।  उनले जबरालाई जनमत लिएर साबित गर्नसमेत चुनौती दिएका छन्। 

 यस्ता छन् भट्टराईले देखेका आधारहरू 


१) न्यायमा अवरोध सिर्जना गरेको
२) मुद्दा र न्यायाधीश तोक्न कुनै पारदर्शी आधारमा मापदण्ड तयार नगरी स्वेच्छाचारिता अवलम्बन गरेको,
३) न्यायिक विचलनलाई प्रोत्साहन गरेको,
४) सहकर्मी न्यायाधीशहरूको विश्वास आर्जन गर्न असफल रहेको,
५) न्याय प्रशासन र न्याय सम्पादन दुवै संवैधानिक कार्य गर्न असफल रहेको,
६) बिचौलियाको प्रभाव, दबाब र त्रास कायम गराएको,
७) राजनीतिक दलका नेताले जस्तो पावर पोलिटिक्स गर्ने गरेको, कार्यपालिकासँग हिस्सेदारी खोजेको,  
८) नियुक्ति र सरुवाको पारदर्शी आधार नभई मनोमानी गरेको, 
९) आर्थिक विचलन र भ्रष्टाचार मौलाएको,
१०) अदालतमा विचाराधीन विषयमा सञ्चारमाध्ययममा अभिव्यक्ति दिएर बचाउ गरेको, 
११) स्वार्थ बाझिएका मुद्दा आफैँ हेर्न लालायित भएकाे,
१२) आफन्त, नातागोता र निकट व्यक्तिहरूलाई खुलेआम चलखेल गरिरहेको थाहा हुँदाहुँदै पनि रोक्नुको सट्टा प्रोत्साहित गरेको ।