मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ कार्तिक १७ बुधबार
  • Wednesday, 02 September, 2026
२o७८ कार्तिक १७ बुधबार १२:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंको जागृतिनगरमा बालबगैँचा बनाइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक १७ बुधबार १२:३२:oo

काठमाडौं महानगरपालिले वडा ३१ जागृतिनगरमा बालबगैँचा निर्माण गर्ने भएको छ। बगैँचा निर्माणका लागि महानगरका प्रमुख विद्यासुन्दर शाक्यद्वारा बुधबार शिलान्यास गरिएको छ।

मेयर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरेर पार्क निर्माण गर्ने नीतिअनुसार अहिलेसम्म करिब आठ सय रोपनी सार्वजनिक जग्गा संरक्षण गरिएको बताए। ‘हामी निर्वाचित भएर आएदेखि जे निर्णय गर्‍याैँ, हामीले लिएका नीति र कार्यक्रम सबै कार्यान्वयनयोग्य छन्,’ उनले भने।

उनका अनुसार भित्री वडा र बाहिरी वडाको विकास तथा व्यवस्थापनका लागि छुट्टाछुट्टै योजना बनाइएको छ। बस्ती तथा संरचनागत अवस्थितिका आधारमा भित्री र बाहिरी गरी सहरलाई दुई क्षेत्रमा छुट्टयाइएको छ। मेयर शाक्यले सार्वजनिक महत्वका जग्गा संरक्षण गर्ने जिम्मा महानगरकै रहेको बताए। उनले खुला क्षेत्रको सार्वजनिक उपयोगले सामाजिक सदभाव बढाउने जानकारी दिए।

पार्क तथा बगैँचा निर्माण भएपछि बालबालिकालाई खेल्न तथा सिक्न सहज हुने मेयर शाक्यको भनाइ छ। बागमती नदी किनारामा रहेको करिब ६ रोपनी जग्गामध्ये वरिपरि सडकलाई छोडेर बाँकी रहेको करिब पाँच रोपनी क्षेत्रफलमा बगैँचा बनाउन लागिएको हो।

जलपा निर्माण सेवाले ७७ लाख २२ हजार आठ सय १३ रुपैयाँमा यसको निर्माण गर्दै छ। गएको भदौ २२ गते निर्माण पक्षसँग महानगरले सम्झौता गरेको थियो। असोज १२ गते कार्यादेश दिइएको योजना यही वर्षको फागुन मसान्तभित्र सम्पन्न गर्नुपर्नेछ।