१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक १७ बुधबार ०६:१०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्ट बैंक र दराजबीच छुट सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक १७ बुधबार ०६:१०:००

एभरेष्ट बैंक लिमिटेड र अनलाइन बजार दराजबीच छुुटसम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकले दराज ११.११ अभियानमा छुट पाउने सम्झौता भएको हो । सम्झौतामा बैंकका सहायक महाप्रबन्धक आसुतोष शर्मा र दराजका प्रबन्ध निर्देशक लिनो अहलरिङले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार एभरेष्ट बैंकले जारी गरेको भिसा डेबिट र क्रेडिट कार्डबाट भुक्तानी गरेर दराज ११.११ अभियानमा सामान खरिद गर्दा बैंकले ग्राहकहरूलाई छुट प्रदान गर्ने उल्लेख छ । 

११ नोभेम्बरमा हुने दराजको लाइभ बिक्रीमा बैंकले  दराज  एप र वेबसाइटहरूमा एभरेष्ट डेबिट–क्रेडिट कार्डहरू प्रयोग गरी सामान खरिद गर्नेलाई १५ प्रतिशतसम्म छुट प्रदान गर्ने जनाइएको छ । ग्राहकले क्रेडिट कार्डमा अधिकतम तीन हजार पाँच सय रुपैयाँ र डेबिट कार्डमा तीन हजार रुपैयाँसम्म छुट पाउन सक्ने बैंकले जनाएको छ ।