मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १६ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक १६ मंगलबार २१:२९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा पत्रकारविरुद्ध आक्रमण बढ्दो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक १६ मंगलबार २१:२९:oo

 

पाकिस्तानमा प्रेस स्वतन्त्रतामाथि आक्रमण भएको तथा पत्रकारहरूलाई स्वतन्त्र रूपमा काम गर्ने अवस्था खुम्चिँदै गएको देखिएको छ।  पत्रकारविरुद्ध अपराध गर्नेहरूलाई दण्डहिनता दिने कार्य अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवसका अवसरमा मंगलबार जारी भएका तीनवटा प्रतिवेदनमा पाकिस्तानमा प्रेस स्वतन्त्रताको अवस्था दयनीय रहेको उल्लेख  गरिएको छ।

पाकिस्तान प्रेस फाउन्डेसनद्वारा तयार पारिएको पहिलो प्रतिवेदनमा पाकिस्तानमा सञ्चारमाध्यममाथि अनलाइनमार्फत दुर्व्यवहार हुन थालेको उल्लेख छ। पत्रकारहरूलाई अपहरण गर्ने र ज्यान लिनेसमेतको धम्की आएको फाउन्डेसनले जनाएको छ। गत सेप्टेम्बरमा न्युजवान नामको टेलिभिजनका पत्रकार घारिदाह फारुकी तथा बेनजिर शाह अनलाइन दुर्व्यवहारमा परेको प्रतिवेदनमा उल्लेख छ। वरिष्ठ पत्रकार आस्मा सिरजाईले बिबिसी उर्दूमा यसबारे उल्लेख गरेकी छिन्।

फाउन्डेसनले नै २०२१ को जनवरीदेखि अक्टोबरसम्मको परिस्थितिको प्रतिवेदन तयार गरेको छ जहाँ मिडियामाथि आक्रमणको फेहरिस्त उल्लेख छ। पत्रकारहरूमाथि यो वर्ष भौतिक आक्रमण भएको, प्रान्तीय तहमा पनि पत्रकारमाथि दुर्व्यवहार र आक्रमण गर्नेहरूलाई कारबाही नभएको, दण्डहिनता मौलाएको प्रतिवेदनमा उल्लेख गरेको छ। यो वर्ष मात्रै भौतिक रूपमा दुर्व्यवहारका २७ घटना भएका छन्। 

फ्रिडम नेटवर्कका कार्यकारी निर्देशक इक्वाल खत्ताकले पत्रकारहरूमाथि दुर्व्यवहार र गिरफ्तारी सह्य नभएको बताए। उनले सरकार, सम्बन्धित पक्ष सबैले यसलाई गम्भीर रूपमा ध्यान दिनुपर्नेमा जोड दिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।