१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्वलक्षित अनुगमनका क्रममा महानगरका विभिन्न पसलहरूलाई साढे चार लाखभन्दा बढी जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:२७:oo

काठमाडौं महानगरपालिकाले पर्वलक्षित १९ दिने बजार अनुगमनका क्रममा ११ वटा पसल तथा व्यवसायलाई कारबाही गरेको छ। महानगरले ६१ वटा पसलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कारबाहीमा परेका ती पसल व्यवसायहरूलाई चार लाख ६० हजार रुपैयाँ तिराइएको छ।

महानगरकी उपप्रमुख हरिप्रभा खड्गीले खाद्यान्न पसल र मिठाई पसलमा लगातार अनुगमन गर्दा पनि धेरैजसो पसलहरूले लापरबाही गरेको बताइन्। उनका अनुसार अनुगमन कार्यलाई महानगरले वर्षभरि नै निरन्तरता दिनेछ। उनका अनुसार खानेकुरा तयार पार्न प्रयोग गरिने कच्चा वस्तुको गुणस्तरमा सबैभन्दा धेरै समस्या रहेको भेटिएको छ। उपभोक्ताले कच्चा पदार्थमा पहुँच नराख्ने भएकोले महानगरले ती पसलहरूको भान्साको व्यवहार हेरेको उनले जानकारी दिइन्।
 
महानगरले अनुगमन प्रभावकारी बनाउन कानुनी प्रावधान, सूचना संकलन र अवस्थाको पहिचानबारे प्रतिवेदन तयार पारेको छ। महानगरले तिहारलक्षित गरी मिठाईजन्य व्यवसायमा नियमित निगरानी राख्ने जनाएको छ।

ad
ad