१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रमेश रावल सुर्खेत
२o८१ बैशाख २१ शुक्रबार १९:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:४९:oo

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग भएको सहमतिका आधारमा शाहीले राजीनामा दिएका हुन्। 

सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन्। विश्वासको मत लिँदा शाहीले कांग्रेसलाई ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए। 

गत वैशाखमा एमालले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो। त्यसवेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको थियो। 

मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री हुने बाटो खुलेको छ। त्यही आधारमा आफूले सहमतिको पालना गरेर राजीनामा दिएको मुख्यमन्त्री शाहीले बताए। 

कर्णालीमा पूर्वाधार तथा जनपक्षीय क्षेत्रमा धेरै काम गरिएको मुख्यमन्त्री शाहीले बताए। ‘कर्णालीमा हामीले विकास प्रदेशका धेरै राम्रा कार्यक्रम अगाडि बढाएका थियौँ ।  मुख्यमन्त्री रोजगार कार्यक्रमबाट धेरै लाभ लिएका छन् ।’ उनले भने, ‘कोभिडबाट प्रभावित भएका बेरोजगार युवाले रोजागार पाएका छन् ।’ प्रदेश सरकार गठन भएको चार वर्षमा १३० वटा मन्त्रिपरिषद्का बैठकबाट ६ सय बढी जनपक्षीय निर्णय गरेका मुख्यमन्त्री शाहीले बताए । 

कस्तो बन्ला भावी सरकार ?
मुख्यमन्त्री शाहीले राजीनामा दिएपछि कांग्रेसका कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने भएका छन्। कांग्रेस नेतृत्वको सरकारमा माओवादी केन्द्र र एकीकृत समाजवादी सहभागी हुनेछन्। 

कर्णाली प्रदेशमा हाल ८ वटा मन्त्रालय छन्। ८ मध्ये माओवादी केन्द्रले ४ वटा मन्त्रालय पाउनुपर्ने माग गरेको छ। एकीकृत समाजवादीले तीन मन्त्रालय दाबी गरेको छ।
 

ad
ad