मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १५ सोमबार
  • Sunday, 13 July, 2025
एजेन्सी टोकियो
२o७८ कार्तिक १५ सोमबार १२:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जापानमा जोकरको भेषधारी व्यक्तिको आक्रमणमा १७ जना घाइते

Read Time : < 1 मिनेट
एजेन्सी टोकियो
नयाँ पत्रिका टोकियो
२o७८ कार्तिक १५ सोमबार १२:o२:oo

जापानको टोकियोमा जोकरको भेषधारी एक २४ वर्षीय युवकले रेलका यात्रुहरूमाथि आक्रमण गरेका छन्। आइतबार राति भएको आक्रमणमा परी ‘हलोविन पार्टी’मा जाँदै गरेका १७ जना घाइते भएका बिबिसीले जनाएको छ। तीमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ।

प्रत्यक्षदर्शीहरूका अनुसार ‘ब्याटम्यान कमिक’मा आधारित जोकरको भेषमा आएका ती व्यक्तिले एकप्रकारको तरल पदार्थ छर्केर आगो लगाएका थिए। सञ्चारमाध्यममा सार्वजनिक भिडियोमा यात्रुहरू भागदौड गरिरहेको र रेलको झ्यालबाट बाहिर  निस्कन खोजिरहेका देखिन्छन्।

‘मैले सोचेको थिएँ कि त्यो हलोविन स्टन्ट थियो,’ एक प्रत्यक्षदर्शीले घटनाबारे भने, ‘त्यसपछि मैले देखेँ एक व्यक्ति हातमा लामो चक्कु लिएर सुस्त गतिमा आउँदै थियो।’ यो हमला स्थानीय समयानुसार रातको ८ बजेतिर कोकुर्यो ट्रेन स्टेसनमा भएको हो।

ती संदिग्ध व्यक्तिलाई प्रहरीले घटनास्थलमा नै पक्राउ गरेको छ। केही स्थानीय पत्रपत्रिकाका अनुसार संदिग्घ व्यक्तिले आफूलाई फाँसी होस् भनेर मानिसहरूको हत्या गर्न लागेको उल्लेख गरेका छन्। ती व्यक्तिले आफू ब्याटम्यान कमिकको जोकरको पात्रबाट निकै प्रभावित रहेको बताएका अधिकारीहरूले जनाएका छन्।