मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक १४ आइतबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका लुम्बिनी
२o७८ कार्तिक १४ आइतबार १४:५o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरको सहयोगमा लुम्बिनीमा बन्यो बज्रयान विहार, राष्ट्रपतिबाट उद्घाटन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, लुम्बिनी
नयाँ पत्रिका
२o७८ कार्तिक १४ आइतबार १४:५o:oo

काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा लुम्बिनीमा बनेको बज्रयान विहारको निर्माण सम्पन्न भएको छ। विहारको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी  छlन्। 

विहारको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्ध नेपालमै जन्मिएको उल्लेख गर्दै नेपाल र नेपालीको गौरव भएको बताएकी थिइन्। उनले भनिन्, ‘गौतम बुद्धले आफ्नो लामो तपस्याबाट ज्ञान आर्जन गर्नुभयो र विश्व समुदायका लागि अमूल्य विचार दिनुभयो। बुद्ध दर्शनको मर्म र भावनाअनुसार हामी चल्न सक्नुपर्छ। त्यो मर्म र भावनाअनुसार चल्न सक्यौँ भने निश्चय पनि देशको विकास हुन्छ।’

कार्यक्रमलाई सम्बाेधन गर्दै काठमाडौंं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले लुम्बिनी भ्रमणका सिलसिलामा महानगरपालिकाका जनप्रतिनिधि आउँदा अपूरो विहार देखेपछि काठमाडौं महानगले केही सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए।  ‘अन्य विहार बनाउन विभिन्न देशले सहयोग गरेको हामीले देख्यौँ,’ प्रमुख शाक्यले भने, ‘तर, नेपाली विहारमा नेपाल सरकारको कुनै सहयोग नभएको र यसले पूर्णता प्राप्त गर्न नसकेको अवस्थामा काठमाडौं महानगरपालिकाले आफ्नो महानगरपालिकाको मौलिकतासँग पनि मिल्ने विहार भएकाले काठमाडौंको संस्कृति झल्किने गरी बनाइरहेको विहारलाई सहयोग गरेको हो। हाम्रोसहितको सहयोगमा मौलिकता झल्किने गरी विहार बनेको देख्दा गौरव लागेको छ।’

प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले जस्तै संघीय र प्रदेश सरकारले पनि नेपालका मौलिकता झल्किने कार्यमा सबैको सहयोग होस् भन्ने अपेक्षा रहेको बताए।
 
परम्परागत नेपाली बज्रयान महाविहार समितिका अध्यक्ष डाक्टर नरेशमान बज्राचार्य नेपालमा विहार बनाउने कुरा हरेक नेपालीको कर्तव्य रहेको स्मरण गराए। ‘काठमाडौं महानगरपालिकाको करिब चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डल द्वार निर्माण भएको छ,’ उनले भने।

नेपाल परम्परागत बौद्धधर्म संघका उपाध्यक्ष मानिकरत्न शाक्यले अहिलेसम्म करिब १६ करोड खर्च भएको भन्दै २० करोडको लगानीमा सम्पन्न हुने अपेक्षा लिएको बताए। कार्यक्रममा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, बागमती प्रदेशका पूर्वमन्त्री डाक्टर अजयक्रान्ति शाक्य, काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।