१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस लण्डन
२o८१ बैशाख २४ सोमबार १४:५४:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराेना सार्न सक्छन् : अध्ययन

Read Time : < 1 मिनेट
रासस लण्डन
नयाँ पत्रिका लण्डन
२o८१ बैशाख २४ सोमबार १४:५४:oo

बेलायतमा गरिएको एक अध्ययनले पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड संक्रमण भएको देखाएको छ। त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि संक्रमण हुने गरेको पाइएको छ।

उक्त अध्ययनअनुसार दुई मात्रा खोप लगाएका व्यक्तिले पनि खोप नै नलगाएका व्यक्तिले जत्तिकै संक्रमण फैलाउन सक्ने सम्भावना देखिएको छ। लक्षण भए पनि नभए पनि खोप लगाइसकेका, तर संक्रमण भएका मानिसले सँगै बस्ने खोप नलगाएका अरू मानिसमा कोरोना भाइरस सार्ने सम्भावना ३८ प्रतिशत रहेको सो अध्यननले देखाएको छ । उनीहरूले पाँचमध्ये दुईजनालाई कोभिड सार्न सक्छन्। तर, सँगै बस्ने सबैजनाले पूर्ण मात्रामा कोभिडविरुद्धको खोप लगाएका छन् भने त्यस्तो सम्भावना २५ प्रतिशत मात्र हुने पनि अध्यननले देखाएको छ।

‘द लान्सिट इन्फेक्सस डिजिजेज’को अध्ययनबाट किन अत्यधिक मानिसलाई खोप दिनु महत्त्वपूर्ण छ भन्ने स्पष्ट भएको शोधकर्ताहरूले बताएका छन्। खोप नलगाएका मानिसहरू आफूलाई कोभिड सर्ने जोखिमबाट जोगिन खोप लगाएका अरू मानिसप्रति ढुक्क नहुन विज्ञहरूले सुझाएका छन्।

खोपले कोरोना भाइरस संक्रमणबाट हुने गम्भीर समस्या र मृत्युबाट जोगाउन सहयोग गर्ने अध्ययनले देखाएको छ। तर, संक्रमण रोक्न भने पूर्ण रूपमा त्यति प्रभावकारी नहुन सक्छ। विशेषगरी भाइरसका डेल्टा भेरियन्टलगायत बढी सक्रमक बनेका वेला तिनले कोभिड सर्नबाट रोक्न सक्दैनन्।

बिस्तारै खोपले दिने प्रतिरोधात्मक सुरक्षा घट्दै जान्छ र खोपको अतिरिक्त मात्रा आवश्यक पर्छ।  त्यसैले सबैले अनिवार्य रूपमा पूर्ण मात्राको खोप लिन विज्ञले सुझाएका छन्। गत सेप्टेम्बरसम्म एक वर्ष लगाएर गरिएको उक्त अध्ययनमा लन्डन र बोल्टनमा कोभिडका लागि पिसिआर परीक्षण गरेका चार सय ४० घरपरिवारलाई  छनोट गरिएको थियो।

खोप नलगाएका मानिससँग तुलना गर्दा  पूर्ण मात्रामा खोप लगाएका मानिसमा डेल्टा भेरियन्ट सरेर कोभिड हुने कम, तर उल्लेख्य जोखिम भने भएको देखिएको छ।

ad
ad