१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सुन्धाराको गुलाव मिठाई पसललाई दुई लाख जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:४२:oo

काठमाडौंको सुन्धारास्थित गुलाव मिठाई पसललाई काठमाडौं महानगरपालिकाले दुई लाख जरिवाना तिराएको छ। अनुगमनका क्रममा मिठाई बनाउने कच्चापदार्थको गुणस्तरीयतामा लापरबाही गरेको भेटिएपछि जरिवाना तिराइएको हो।

महानगरपालिकाले तिहारलाई लक्षित गर्दै एक सातायता काठमाडौंका मिठाई पसलहरूको अनुगमन थालेको छ। अनुगमनका क्रममा अधिकांश मिठाई पसलहरूले जनस्वास्थ्यमा चरम लापरबाही गरेको भेटिएको महानगरले जनाएको छ। यसअघि चाबहिल, महाराजगन्ज, नयाँ बसपार्क, गौशाला क्षेत्रका मिठाई पसलहरूलाई पनि जरिवाना गराइएको थियो।

शुक्रबार गरिएको अनुगमनका क्रममा गुलाब मिठाई सुन्धारालाई दुई लाख रुपैयाँ जरिवाना तिराइएको हो। गुलाब मिठाई पसलले म्याद सकिएको रङ, अन्य कम्पनीले उत्पादन गरेका खाद्यवस्तुमा आफ्नो लेबल र आफूले उत्पादन गरेका खाद्यवस्तुमा भारतीय कम्पनीको लेबल राखेको र उत्पादन मिति उल्लेख नभएका पेय बिक्री गरेको भेटिएको थियो।

ad
ad