टर्निङ प्वाइन्ट्स-२०२२फ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीसाहित्य१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ माघ १४ शुक्रबार
  • Friday, 28 January, 2022
२०७८ कार्तिक १० बुधबार १६:१५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

आइएसको आक्रमणमा इराकमा १० जनाले ज्यान गुमाए

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १० बुधबार १६:१५:००

इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ। प्राप्त समाचारअनुसार सो आक्रमणमा परी अरू १२ जना घाइते भएका छन्। दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरू अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो। 

इराकी राष्ट्रिय सुरक्षा निकायहरूले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरूको खोजी अभियानलाई तीव्र पारेको बताएको छ। गत हप्ता यस प्रान्तमा यहाँका सुरक्षा निकायहरूले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्य मारिएका थिए।  रासस