बागमती प्रदेश सभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि मतदान हुने भएको छ ।
मुख्यमन्त्री बनेको हप्तादिनमै अल्पमतमा परेकी शाक्यले प्रदेश सभामा गत असोज २४ गते विश्वासको मत प्राप्त गर्ने प्रस्ताव गरेकी थिइन् । एक सय नाै प्रदेश सभा सदस्यमा बहुमतका लागि ५५ सदस्य चाहिन्छ ।