१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ५ शनिबार १४:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

न्यायालयको समस्याका कारण सेवाग्राही समस्यामा परेको भन्दै सर्वोच्चअगाडि प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १४:o२:oo

कानुन विषय अध्ययनरत विद्यार्थीहरूले सर्वोच्च अदालतअगाडि प्रदर्शन गरेका छन्। न्यायालयको समस्याका कारण सेवाग्राही समस्यामा परेको भन्दै उनीहरूले प्लेकार्डसहित प्रदर्शन गरेका हुन्।

उनीहरूले ‘हामी स्वतन्त्र, स्वच्छ र निष्पक्ष न्यायपालिकाको पक्षमा छौँ’, ‘न्यायमूर्तिका रूपमा स्थापित माननीय न्यायाधीशहरूलाई इजलास बहिष्कार गर्न अधिकार कसले दियो’जस्ता नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका छन्। सो क्रममा प्रहरीले प्रदर्शनमा सहभागी युवाहरूलाई नियन्त्रणमा लिएको छ।

दुई दिनसम्म बेन्च बस्न नसक्दा न्याय सम्पादनमा अवरोध पुगेको भन्दै कानुन विषयमा अध्ययनरत विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।

ad
ad