१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ८ सोमबार
  • Sunday, 23 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ८ सोमबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकाले उपलब्ध गराएको फाइजर खोप नेपाल आइपुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ८ सोमबार १o:५o:oo

अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। एक लाख ६ सय २० मात्रा फाइजर खोप आज बिहान काठमाडौं आइपुगेको हो। कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)मार्फत उक्त खोप उपलब्ध गराइएको हो।फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगीलाई लगाउने स्वास्थ्य मन्त्रालयको तयारी छ।  

फाइजरको थप ६० लाख डोज खोप पुसमा आउने कार्यतालिका छ। उक्त खोप बालबालिकालाई लगाउने योजना सरकारले बनाएको छ। कोभिसिल्ड, एक्स्ट्राजेनेका र भेरोसेलजस्तै फाइजर पनि एक महिनाको अन्तरमा दुई डोज लगाउनुपर्छ। सोमबार आएकाे खोप भण्डारणका लागि आवश्यक अल्ट्रा कोल्डचेन तयार पारिसकेको छ। फाइजर खोपको सेल्फ लाइफ पूर्ण रूपमा कायम गर्न अल्ट्रा कोल्डचेन (माइनस ४४ देखि माइनस ८० डिग्री सेल्सियस) तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयका अधिकारीका अनुसार फाइजरलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सियसमा ३१ दिनसम्म मात्रै भण्डारण गर्न सकिन्छ । त्यस्तै, माइनस दुईदेखि माइनस आठ डिग्री सेल्सियसमा १४ दिनसम्म भण्डारण गर्न सकिन्छ। तर, एकपटक बढी तापक्रममा राखिसकेपछि फेरि थप माइनसमा भण्डारण गर्न मिल्दैन। फाइजर खोप टेकुमा भण्डारण गरिएको छ। 

टेकुमा यसरी गरियो खोप भण्डारण। तस्बिर: अमुल थापा

 

 

ad
ad
ad
ad