मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ कार्तिक ७ आइतबार १२:३५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीशको विवादित भूमिकाबारे छलफल गर्न सर्वोच्च बारको बैठक बस्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ कार्तिक ७ आइतबार १२:३५:००

प्रधानन्यायाधीशको विवादित भूमिकाको विषयमा धारणा बनाउन सर्वोच्च अदालत बार एसोसिएसनको बैठक बस्ने भएको छ। यीलगायत समसामयिक विषयलाई लिएर साढे १ बजे बारको कार्यसमिति बैठक बस्न लागेको हो। बारका सचिव ऋषिराम घिमिरेका अनुसार प्रधानन्यायाधीशको पछिल्लो विवादको विषय, न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वकाे समितिको प्रतिवेदन कार्यान्वयनमा भएको ढिलाइ र समसामयिक विषयमा बैठकमा छलफल हुनेछ। 

‘प्रधानन्यायाधीशको विवादको विषय, समसामयिक विषय र न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा समितिले दिएको सुझावअनुसार पेसी व्यवस्थापनमा भएको ढिलाइलगायतका विषयमा छलफल हुन लागेको हो,’ उनले नयाँ पत्रिकासँग भने।