मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ कार्तिक ५ शुक्रबार
  • Friday, 11 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ कार्तिक ५ शुक्रबार ११:३७:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एएफसी यू– २३ एसियन कप छनोट : नेपालले इन्डोनेसियासँग खेल्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ कार्तिक ५ शुक्रबार ११:३७:oo

ताजकिस्तान भ्रमणमा रहेको नेपाली यू– २३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू– २३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दै छ। ताजकिस्तानको गासर सेन्ट्रल स्टेडियममा आयोजना हुने खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। एएफसी यू– २३ एसियन कप छनोटको तयारीस्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। छोटो समयमा निर्माण भएको टोलीमा ६ राष्ट्रिय खेलाडी भए पनि उनीहरूले बाँकी यू– २३ टोलीसँग अभ्यास गर्न पाएका थिएनन्।

एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा ताजकिस्तान, लेबनान र इरान रहेका छन्। नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्दै छ। यस्तै, दोस्रो खेलमा ताजकिस्तानसँग अक्टोबर २८ मा प्रतिस्पर्धा गर्दा समूहको अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ।

छनोटका ११ समूहको शीर्ष टोलीसहित उत्कृष्ट चार टोलीले एएफसी यू– २३ एसियन कप खेल्ने मौका पाउनेछन्। उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म आयोजना हुँदै छ।