सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दामा सुनुवाइ तोकेको छ। शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ तोकिएको हो। आलममाथि ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ।
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै ०७७ असोज १२ मा सर्वोच्च पुगेका हुन्। आलमको मुद्दामा पटकपटक पेसी चढे पनि सुनुवाइ भने हुन सकेको छैन।