१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक ३ बुधबार
  • Saturday, 05 July, 2025
२o७८ कार्तिक ३ बुधबार १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रामचन्द्र पौडेल भन्छन्– कार्यकारी पदमा बसेकाले नै संविधानमाथि खेलबाड गरे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ कार्तिक ३ बुधबार १७:५o:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको संविधानमाथि कार्यकारी पदमा बसेकाले नै खेलबाड गरेको आरोप लगाएका छन् । पौडेलले मुलुक हाँक्ने जिम्मेवारी पाएका कार्यकारी पदमा रहेकाले नै लोकतन्त्रको खिलापमा अराजकता मच्चाएको बताए । 

कांग्रेस काठेखोला गाउँपालिका– ५ ले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पौडेलले एकलौटी ढंगले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउने प्रयास भएको स्मरण गरे । 

पौडेलले नेपाली जनताले संघर्षबाट प्राप्त गरेको संविधानको मर्मअनुसार कार्यकारी पदमा हुँदा कोही पनि चल्न नसकेको आरोप लगाए । ‘हामीले  जनतालाई राहत दिलाउन धेरै परिवर्तन ल्यायौँ,’ पौडेलले भने, ‘राजतन्त्र फालेर गणतन्त्र ल्याउँदा पनि त्यसको आभास हुन पाएको छैन ।’ लोकतान्त्रिक भर्याङ चढेर माथि पुगेर अलोकतान्त्रिक काम गरेर संविधानको मर्मभन्दा बाहिर कार्यकारी पदमा नै बसेका ठूला भनौदाहरू लाग्छन् ।’ 

पौडेलले पार्टीभित्र कुनै गुट उपगुट नभएको समेत बताए । उनले भने, ‘यो रामचन्द्रको यो शेरबहादुरको भनेर कसैलाई पनि ट्याग लगाउन हुँदैन । कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुटभन्दा बाहिर रहेर लोकतन्त्रको पक्षमा सबै उभिनुपर्छ ।’