१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ कार्तिक २ मंगलबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ कार्तिक २ मंगलबार o६:२८:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

घट्न थाल्यो तरकारीको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ कार्तिक २ मंगलबार o६:२८:oo

दसैँ सुरु हुँदा आकाशिएको तरकारी तथा फलफूलको मूल्य बिस्तारै घट्न थालेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दसैँ सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो ।

दसैैँको समयमा खासगरी गोलभेंडा, काँक्रो, काउलीलगायतका केही वस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु, प्याजलगायतको मूल्य सामान्य बढेको थियो । दसैँको समयमा फलफूलको मूल्य पनि अत्यधिक महँगो भएको उपभोक्ताहरूकाे गुनासो थियो । तर, दसैँ सकिएसँगै तरकारी तथा फलफूलको मूल्य बिस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए । उनले  माग सामान्य हुँदै गएकोले मूल्य पनि बिस्तारै सामान्यकरण हुँदै गएको कारण मूल्य घट्ने क्रम जारी रहेको बताए । गोलभेंडा, काउली, बोडीलगायतका केही तरकारीको मूल्य सोमबारबाटै घटिसकेको पनि उनले बताए।

समितिका उपनिर्देशक श्रेष्ठले यस वर्ष बढी वर्षा भएको कारण किसानको बालीनालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्य वृद्धि भएको दाबी गरे ।  यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दसैँंको समयमा मूल्य बढेको बताए ।

दसैँको वेला काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म सामान भित्रिएको थियो । अष्टमीको दिन भने करिब चार सय टन मात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाइ छ । दसैँ, तिहारलगायतको चाडपर्वको वेला व्यापारीहरूले हरेक सामानको मूल्य अत्यधिक वृद्धि गर्ने गरेका छन् । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको वेला अनुगमनलाई तीव्रता दिने गरे पनि व्यापारीहरूले भने हरेक वर्ष हरेक सामान्यको मूल्य अत्यधिक वृद्धि गर्ने गरेका छन् ।