१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ कार्तिक १ सोमबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेलाडी र आयोजकबीच झगडा हुँदा दुई घाइते

Read Time : < 1 मिनेट
२०७८ कार्तिक १ सोमबार ११:००:००

काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका वडा नं. ५ स्थित कामीडाँडामा फुटबल खेल्ने क्रममा आयोजक र खेलाडीबीच विवादपछि हानाहान हुँदा दुईजना घाइते भएका छन् । सक्रिय समाजसेवी युवा क्लबको आयोजनामा ‘बेथानचोक महाभारत फुटबल कप’ असोज २३ गतेबाट सुरु भएको थियो । उक्त खेलमाआइतबार आयोजक र खेलाडीबीच झगडा भएको हो।

ढुङखर्क प्रहरी चौकीका अनुसार झगडा भई दुवै पक्षबीच ठेलमठेल गर्दा भिरबाट खसी फुटबल खेल आयोजक सक्रिय समाजसेवी युवा क्लबका सचिव बेथानचोक गाउँपालिका– ६ का ३१ वर्षीय नीरविक्रम लामाको दुईवटा करङ भाँचिएको र खेलाडी बेथानचोक गाउँपालिका– ४ का २६ वर्षीय रघुवीर तामाङका दुवै खुट्टा भाँचिएका छन् ।

उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएकाे छ । खेलाडी तामाङलाई धुलिखेल अस्पतालमा र आयोजकका सचिव लामाको काठमाडौंस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार वडा नं. ४ खेलमा हारेकाे थियाे । उक्त वडाका खेलाडीहरूले हारेको टिम पनि खेल्न पाउनुपर्छ भन्ने माग राखेका थिए । तर, आयोजकले भने मानेका थिएनन् । त्यही विषयमा झगडाले उग्र रूप लिँदै जाँदा ठेलाठेल गर्ने क्रममा घटना घटेको प्रहरीले जनाएको छ ।