
आगामी २४ घन्टामा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहान मौसम पूर्वानुमान बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको हो।
अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा गण्डकी, सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ। भारतको आन्द्र प्रदेश तथा उडिसाको तटीय क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायुको संयुक्त प्रभावले नेपालमा मौसम बदली रहेको महाशाखाले जनाएको हो।