मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज ३० शनिबार २०:२२:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

भारतविरुद्ध नेपाल मैदान उत्रँदै, अन्जन र अल्मुताइरी नहुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज ३० शनिबार २०:२२:००

दक्षिण एसियाली फुटबल (साफ) च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ। भारतविरुद्धको खेलमा नेपालको सुरुवाती–११ घोषणा भएको छ । पौने नौ बजे सुरु हुने खेलमा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्नेछन् ।

नेपालको डिफेन्समा अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी र सुमन अर्याल छन्। यसैगरी मिडफिल्डमा पुजन उपरकोटी, तेज तामाङ र रोहित चन्द तथा फरवार्डमा  सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा छन्।

गत बुधबार बंगलादेशसँग १–१ को बराबरी खेल्दै नेपाल पहिलोपटक साफ च्याम्पियनसिपको फाइनल प्रवेश गरेको हो । आजको खेलमा नेपालका फरवार्ड अञ्जन विष्टले भने खेल्न पाउनेछैनन् । अघिल्ला खेलहरुमा दुईवटा पहेंलो कार्ड पाएकाले उनी फाइनल खेलबाट वञ्चित भएका हुन् ।

यसैगरी, नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी डगआउट (टेक्निकल एरिया)मा हुने छैनन् । उनले पनि दुईवटा पहेँलो कार्ड पाएको भन्दै साफले डगआउट बस्न प्रतिबन्ध गराएको हो ।