१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २९ शुक्रबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २९ शुक्रबार १२:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिले लगाइन् आमाको हातबाट दसैँको टीका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २९ शुक्रबार १२:४९:oo

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा टीका ग्रहण गरेकी छिन्। राष्ट्रपति कार्यालय शीतलनिवासमा आमा मिथिला पाण्डेको हातबाट उनले विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। राष्ट्रपति भण्डारीले आजै हनुमानढोकाका मूल पुजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्।

सो अवसरमा राष्ट्रपति भण्डारीलाई विभिन्न शक्तिपीठका गुरुले प्रसाद प्रदान गनेका थिए भने भण्डारीले परिवारका सदस्यलाई पनि टीका लगाइदिइन्।।

यसपटक महामारीको जोमिखलाई मध्यनजर गर्दै राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको हो। रासस