१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका महोत्तरी
२o७८ असोज २८ बिहीबार १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महोत्तरीमा हथौडा प्रहार गरी महिलाको हत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महोत्तरी
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १६:३८:oo

महोत्तरीमा हथौडा प्रहार गरी महिलाको हत्या भएको छ। बिहीबार बिहान महोत्तरी गाउँपालिका–३ मडई पुर्वारी टोलकी ४२ वर्षीया शीलादेवी झाको शव घरमै फेला परेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार टाउकोमा हथौडा प्रहार गरी हत्या भएको देखिएको र घटनास्थलबाट हथौडासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिए।

हत्या गरिएकी महिलाको जेठो छोरा भारतको गुजरातमा र कान्छो छोरा जलेश्वरस्थित मामाघर आएका वेला राति हत्या भएको प्रहरीको अनुमान छ ।  तालिमप्राप्त कुकुरसहित घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।