मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Saturday, 12 July, 2025
२o७८ असोज २८ बिहीबार १५:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङमा जिप दुर्घटना हुँदा १८ जना घाइते, ९ जनाको अवस्था गम्भीर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार १५:२६:oo

ताप्लेजुङ फुङलिङ बजारबाट सिरिजंघा गाउँपालिका तेल्लोक जाँदै गरेको जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। को १ ज २०५६ नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका १८ मध्ये ९ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार फुङलिङ नगरपालिका– ४ मा बस्ने ३८ वर्षका चन्द्र बस्नेत, उनकी श्रीमती ३१ वर्षकी नम्रता बस्नेत, उनीहरूका छोराहरू १३ वर्षका रिपब्लिक बस्नेत र ७ वर्षका रोहन बस्नेत, जिपधनी सिरिजंघा ६ बस्ने संजीव माबाे(लिम्बू), प्रमिला माबो(लिम्बू) सक्त घाइते भएका छन्।

यसैगरी, सिरिजंघा–८ बस्ने ३० वर्षका सन्त माबाे, सिरिजंघा–२ बस्ने रामकुमार दर्जी, फुङलिङ–४ बस्दै आएका वर्ष १७ का अब्दुल करी रहेका छन्। घाइते हुनेमा २५ वर्षकी विमला लिम्बू गर्भवती रहेको बुझिएको छ।

ब्रेक फेल भएर जिप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। घाइतेहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ भने केही घाइतेलाई जिल्लाबाहिर रेफर गरिएको अस्पताललाई उदृत गर्दै प्रहरीले जनाएको छ।