मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २८ बिहीबार
  • Friday, 28 August, 2026
२o७८ असोज २८ बिहीबार o७:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दसैँ मनाउन कैदीबन्दीलाई खाद्यान्न सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २८ बिहीबार o७:२६:oo

नेपालीहरूको महान् चाड विजयादशमीको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सहयोग गरिएको छ। लमजुङ मर्स्याङ्दी युवा क्लबले कैदीबन्दीलाई खाद्यान्न सहयोग गरेको हो । 

क्लबका अनुसार कैदीबन्दीलाई २५ किलो बासमती चामल, १५ किलो चिउरा, १५ लिटर तेल, एक बोरा भुजासँगै मसला, कोकलगायत २० हजार रुपैयाँबराबरको सामान उपहारस्वरूप प्रदान गरेको छ। क्लबले विगतका वर्षदेखि नै दसैँको अवसरमा कैदीबन्दीलाई खाद्यान्न सामग्री सहयोग गर्दै आइरहेकाले यस वर्ष पनि यसलाई निरन्तरता दिइएको हो।

कारागारका जेलर जगदीश मिश्रले कैदीबन्दीलाई दसैँखर्चका लागि खाद्यान्नलगायतका सामग्री क्लबले सहयोग गरेको बताए। उनले भने, ‘कारागारमा कैदीबन्दीको संख्या क्षमताभन्दा तेब्बर छ। हाल कारागारमा दुईजना नाबालकबाहेक एक सय चारजना कैदीबन्दी रहेका छन्। जसमा १० जना महिला र ९४ जना पुरुष रहेका छन्।’