१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २७ बुधबार
  • Saturday, 05 July, 2025
फाइल फोटो।
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २७ बुधबार १४:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘नाम’को बैठकमा सहभागी भएर परराष्ट्रमन्त्री खड्का स्वदेश फिर्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २७ बुधबार १४:o१:oo

सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरूको उच्चस्तरीय बैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा. नारायण खड्का आज स्वदेश फर्किएका छन्। बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो।

गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड गएका थिए। स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै बैठक र आफ्नो भ्रमण सफल र फलदायी रहेको मन्त्री डा. खड्काले बताए ।

असंलग्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा. खड्काले असोज २५ गते सम्बाेधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतंकवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजीलगायतका विषयलाई जोडदार रूपमा आवाज उठाएको जानकारी दिए ।

बैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य संकट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषयसमेत उठान गरेको बताए । बैठककै क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटघाटहरू नेपालका लागि महत्वपूर्ण रहेका मन्त्री खड्काको भनाइ छ ।

सोही अवसरमा उनले सर्बियाका राष्ट्रपति अलेक्सन्डर भसिससँग भेट गरी दुई देशबीचको बहुआयामिक विषयमा छलफल गरेका थिए । त्यसैगरी गणतन्त्र सर्बिया र गणतन्त्र टर्कीका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता भएको मन्त्री खड्काले जानकारी दिए । रासस