मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी न्युयोर्क
२०७८ असोज २७ बुधबार १३:४८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राष्ट्रसंघद्वारा मालीको शान्ति सम्झौताको स्वागत

Read Time : < 1 मिनेट
एजेन्सी न्युयोर्क
२०७८ असोज २७ बुधबार १३:४८:००

संयुक्त राष्ट्रसंघले मालीको शान्ति सम्झौताको स्वागत  गरेको छ । मालीमा यसअघि भएको शान्ति सम्झौताबमोजिम नै यहाँका अधिकारीहरूले थप तयारी गरेका छन्। उक्त सम्झौताप्रति व्यक्त गरेको प्रतिबद्धताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको हो।

यहाँका राजनीतिक दलहरूले पनि यस सम्झौताबमोजिम अघि बढ्ने र विद्रोहीहरूलाई यहाँको राष्ट्रिय सेनामा समायोजन गर्ने तयारी गरेका छन् । उक्त शान्ति सम्झौता र पछिल्लो समयमा यसबमोजिम गरिएको तयारीको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वागत गरेका हुन् । संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसका प्रवक्ता स्टेफन डुजारिकले मंगलबार सो कुराको जानकारी दिए ।

महासचिव गुटेरेसले मालीका राजनीतिक दल, त्यहाँको सरकार र विद्रोही पक्षबाट पनि सो सम्झौताबमोजिम अघि बढ्ने पुनः प्रतिबद्धता आएकाले त्यसको स्वागत गरेकाे प्रवक्ता डुजारिकले विज्ञप्तिमार्फत उल्लेख गरेका छन्।

मालीको सरकारले त्यहाँका करिब १३ हजार पूर्वलडाकुहरूलाई यसै वर्षको अन्त्यसम्ममा र बाँकी १३ हजारलाई अर्को वर्षसम्म सरकारमा पुनर्स्थापना गर्ने सम्झौता गरेको छ । मालीमा विगत लामो समयदेखि हिंसात्मक विद्रोह जारी छ । सो विद्रोहका काराण कैयौँ मानिसले ज्यान गुमाइसकेका छन्।