मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २७ बुधबार
  • Tuesday, 15 July, 2025
२o७८ असोज २७ बुधबार o८:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिराेले अवरुद्ध सडक नखुल्दा समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २७ बुधबार o८:१२:oo

तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम करिडोरमा गएको पहिराे नहटाउँदा सर्वसाधारणलाई दसैँमा समस्या भएको छ। वर्षाका कारण गत असार–साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर जान सर्वसाधारणलाई समस्या भएको हो। 

शालिग्राम करिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिराेले बाटो भत्किएको छ। गाउँपालिकाले दसैँमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी रामवंशी ठकुरीले बताए। पहिराले बाटो अवरुद्ध हुँदा देवघाट गाउँपालिका– २ र देवघाट गाउँपालिका– ३ का जनता प्रत्यक्ष प्रभावित भएका छन् ।