१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Sunday, 06 July, 2025
२o७८ असोज २५ सोमबार १५:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यार्सा गुम्बासहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार १५:२o:oo

जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ। पक्राउ परेका खोटाङ रावाबेंसी गाउँपालिका– ४ का २७ वर्षीय समीर गुरुङ र संखुवासभा चैनपुर नगरपालिका– ४ का ३२ वर्षीय श्यामकुमार लिम्बूलाई प्रहरीले आज सोमबार सार्वजनिक गरेको हो।

कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार उनीहरू तीन किलो यार्सागुम्बासहित आइतबार इटहरी उपमहानगरपालिका– ६ स्थित जय नेपाल होटेलबाट पक्राउ परेका थिए। गोप्य सूचनाका अधारमा जिप्रकाबाट गएको प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।