१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
भरतपुरको लेक ट्वान्टी फर्म एन्ड रिट्रिटको पौडीपोखरीमा अभ्यास गर्दै खेलाडीहरू । तस्बिर : नयाँ पत्रिका
२०७८ असोज २५ सोमबार ०७:०५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पौडी प्रशिक्षण लिन खेलाडीहरू चितवनमा

Read Time : < 1 मिनेट
२०७८ असोज २५ सोमबार ०७:०५:००

पौडी प्रशिक्षण लिन खेलाडीहरू काठमाडौंदेखि चितवन आएका छन् । कोभिड–१९ का कारण बन्द भएको प्रशिक्षणलाई निरन्तरता दिन काठमाडौंबाट राष्ट्रियस्तरको एक टिम चितवन आएको हो । राष्ट्रिय खेलाडी अनुभव सुब्बाले करिब डेढ वर्षपछि सामूहिक रूपमा प्रशिक्षण लिएको बताए ।

नेपालबाट प्रतिनिधित्व गरेर उनले दक्षिण एसियाली खेल, वल्र्ड च्यापियनलगायतमा सहभागिता जनाएका छन् । उनले भने, ‘कोभिडका कारण प्रशिक्षण नपाउँदा र प्रतियोगितामा सहभागी हुन नपाउँदा स्विमिङको स्तर कम हुँदै गएको थियो ।’ महामारीअघि राष्ट्रिय खेलकुद परिषद्मा प्रशिक्षण लिए पनि अहिले बन्द रहेको उनले बताए । नियमित अभ्यास नहुँदा टाइमिङमा समस्या परेको उनको अनुभव छ । 

भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ट फार्म एन्ड रिट्रिट (हवेली)मा सुब्बाजस्तै राष्ट्रिय र जुनियर राष्ट्रिय टिमका १२ जनाले ६ दिनसम्म पौडी प्रशिक्षण लिइरहेका छन् । त्यसमा महिला पौडीबाज नौजना र पुरुष तीनजना छन् । राष्ट्रिय खेलकुद परिषद्मा कार्यरत पौडी कोच ओङ्देन लामाले सम्पर्कमा रहेका प्रशिक्षार्थीहरूलाई रिफ्रेसमेन्ट गराउने र प्रशिक्षण पनि दिने उद्देश्यले चितवन ल्याइएको बताए । चितवन गर्मी ठाउँ भएकाले प्रशिक्षण प्रभावकारी हुने लामाको भनाइ छ । उनको अनुभवमा चितवनमा पहिलोपटक पौडी प्रशिक्षण दिएको हो । 

पौडी खेल खेल्न चाहानेहरूका लगि लक्षित गरी लेक ट्वान्टी थाउजेन्ट फार्म एन्ड रिट्रिट (हवेली)ले स्विमिङ ट्रेनिङ क्याम्प चितवन नाम राखेर निर्माण गरिएको यो स्विमिङ पुल बिहीबारदेखि नै सञ्चालनमा ल्याइएको हो । यसका सञ्चालक देभेन लोहनीले लम्बाइ अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी ओलम्पिक साइजकै बनाएको बताए । दुई करोड लगानीमा पुल निर्माण गरिएको हो । जसको लम्बाइ २५ मिटर र ६ लेनसहितको १८ मिटर चौडा छ । यो पुल पाँच फिट गहिरो छ । करिब ११ बिघा क्षेत्रफलमा फैलिएको रिट्रिटले एक दशकदेखि चितवन आउने पर्यटकलाई सेवा दिँदै आएको प्रवद्र्धक राजेश शर्माले बताए ।