१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २५ सोमबार
  • Monday, 30 June, 2025
२o७८ असोज २५ सोमबार o६:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० हजार घुस रकमसहित वडाध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २५ सोमबार o६:२३:oo

महोत्तरीको मटिहानी नगरपालिकामा एक वडाध्यक्षसहित दुई जनालाई १० हजार घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धानआयोग बर्दिबासको टोलीले पक्राउ गरेको छ।

मटिहानी वडा नं. ५ का वडाध्यक्ष रामबहादुर महतो र उनकै वडामा कार्यरत एकजना कर्मचारीलाई अख्तियारको टोलीले आइतबार अपराह्न ३ बजे पक्राउ गरी साँझ करिब ६ बजे मुचुल्कासहितको आवश्यक प्रक्रिया पूरा गरी बर्दिबासस्थित कार्यालयमा अनुसन्धानका लागि लगेको छ। 

बर्दिबासस्थित अख्तियारको कार्यालयले वडाध्यक्षलाई घुस रकमसहित नियन्त्रणमा लिएको बताएको छ। एक सेवाग्राहीबाट जन्मदर्ताको विषयमा १५ हजार रकम माग गरेको र सोमध्ये पाँच हजार रकम पहिले नै लिएको र थप रकम लिने क्रममा उनलाई पक्राउ गरिएको अख्तियारको बर्दिबासस्थित कार्यालयले जनाएको छ ।