मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज २४ आइतबार
  • Saturday, 12 July, 2025
२o७८ असोज २४ आइतबार १२:३२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

जसपा प्रदेश मुख्यसचिव झाले दिए राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २४ आइतबार १२:३२:oo

जनता समाजादी पार्टी (जसपा) नेपालका प्रदेश २ का मुख्य सचिव शम्भु झाले असन्तुष्टि व्यक्त गर्दै पदबाट राजीनामा दिएका छन्। प्रदेश मुख्यसचिव झाले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी अध्यक्ष उपेन्द्र यादव र प्रदेश अध्यक्ष विजयकुमार यादवलाई राजीनामा गरेको जानकारी दिएका हुन्।

‘म बाँजुन्जेल कुनै पनि राजनीतिक पार्टीमा जाँदिनँ। यो पार्टीमा काम गर्ने मेरो योग्यता र क्षमता नभएकोले आजको मितिदेखि म जसपाको प्रदेश मुख्य सचिवलगायत पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको कुरा राष्ट्रिय अध्यक्ष तथा प्रदेश अध्यक्षलाई यसैमार्फत् जानकारी गराउन चाहान्छु,’ झाले लेखेका छन् ।

पाँच वर्ष दुई महिना पार्टीको प्रदेश मुख्यसचिव भएर काम गरेको उल्लेख गर्दै झाले नेतृत्वप्रति असन्तुष्टिसमेत जनाएका छन्।

राष्ट्रिय जनता पार्टी (राजपा)बाट राजकिशोर यादव, महेन्द्र राय यादवलगायतको टिम जसपामा समायोजन हुँदै छ। प्रदेश अध्यक्ष, मुख्य सचिवलगायतका पद बाँडफाँड आन्तरिक रूपमा भएको जसपा स्रोतको भनाइ छ। बाँडफाँडका क्रममा मुख्यसचिव राजपाबाट जसपामा आएका गुटलाई दिने टुंगो लागेपछि झाले राजीनामा दिएका स्रोतले बताएको छ।