१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
कमलप्रसाद सिटौला महाप्रबन्धक (कर्पोरेट) नेपाल लिकर्स प्रालि
नयाँ पत्रिका काठमाडाैं
२०७८ असोज २४ आइतबार ०७:४५:००
Read Time : > 2 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

हाम्रा ब्रान्डहरू नेपाली उपभोक्ताले अत्यधिक रुचाएका छन् : कमलप्रसाद सिटौला

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ असोज २४ आइतबार ०७:४५:००

विराटनगरमा रहेको युनाइटेड स्पिरिट्स नेपाल लिमिटेडको सेयरको प्रमुख हिस्सा भारतको युनाइटेड स्पिरिट्स लिमिटेडको स्वामित्वमा थियो भने बाँकी सेयर नेपालका भक्तवीर सिंह तुलाधरको स्वामित्वमा थियो । भारतीय कम्पनीले सबै सेयर बिक्री गर्ने भएपछि भक्तवीर सिंह तुलाधरका छोरा राजेशवीर सिंह तुलाधरले सबै सेयर खरिद गरे । त्यसपछि पूर्ण स्वामित्व तुलाधरका नाममा आयो । कम्पनीको नाम परिवर्तन गरेर नेपाल लिकर्स प्रालि राखियो । पहिलेजस्तै अहिले पनि कम्पनीले एन्टिक्विटी ब्लू, सिग्नेचर रेड, सिग्नेचर ग्रिन, म्याक ड्वेल्स, मिस्टर ड्वेल्स लक्जरी नम्बर १, ब्लू रिब्यान्ड जिन र गोल्डेन ग्रेप ब्रान्डीलगायत मदिरा उत्पादन गरेर बजार पठाइरहेको छ । कम्पनीले उच्चस्तरीय कच्चा पदार्थ प्रयोग गरी गुणस्तरीय मदिरा तयार पार्छ । चाडबाडको मौसम र मदिराको उपभोगमा केन्द्रित रहेर कम्पनीका कर्पोरेट महाप्रबन्धक कमलप्रसाद सिटौलासँग नयाँ पत्रिकाकर्मी सुदीपकुमार ढुंगानाले गरेको कुराकानी :

नेपालमा आयातीत र स्वदेशी उत्पादनमध्ये कुन मदिरा अगाडि छ ?
नेपालमा अहिले स्वदेशी उत्पादनले बजारमा राम्रो उपस्थिति जनाउँदै गएको छ र पछिल्लो समय गुणस्तरमा पनि वृद्धि हुँदै गएकाले बिस्तारै आयात कम हुँदै गएको छ । त्योसँगै स्वदेशी उत्पादनले प्रवद्र्धनमा पनि जोड दिएको छ । बजारमा प्रभाव बढ्नुमा प्रवर्द्धन पनि मुख्य कारण रहँदै आएको छ । 

उपभोक्ताले मदिरा कुन आधारमा छनोट गर्छन् ?
मदिरा छनोटको आधार भनेको त्यसको गुणस्तर, स्वाद र मूल्य नै हो । त्योसँगै उनीहरूले नाम चलेको ब्रान्ड कम्पनीको रुचाउने गरेका छन् । त्यसमा गुणस्तरमा सम्झौता गरिएको हुँदैन भन्ने मान्यताका आधारमा उपभोक्ताले नाम चलेको ब्रान्ड पिउने गरेका छन् । जस्तै, हाम्रो उत्पादनमा सिग्नेचर नाम चलेको छ । यसलाई उपभोक्ताले बढी रुचाएका पनि छन् । त्योसँगै यो पिउँदाको नरमपना, पिइसकेपछि यसले दिने नशाको प्रकार अर्थात् टाउको नदुख्ने, पिउँदा आफूलाई मन पर्ने सुगन्धजस्ता कुरा पनि हुन्छन् । भर्खरै मात्र हाम्रो कम्पनीले बजारमा ल्याएको मिस्टर ड्वेल्स लक्जरी नम्बर १ ब्रान्ड सुपथ मूल्य र  उच्च गुणस्तरका कारण मदिराका पारखीहरूले अत्यधिक मन पराएका छन् । अन्य कुराको जस्तै हरेक मदिराको पनि आफ्नै स्वाद र सुगन्ध हुन्छ । मदिराको पारखीले एक घुट्कोमै यसको गुणस्तर र ब्रान्ड चिन्न सक्छन् ।  

मदिराको गुणस्तरलाई फेसनसँग पनि जोड्न मिल्छ ? कतिसम्म मदिरापानलाई सामाजिक मान्न सकिन्छ ?
यसलाई फेसनभन्दा पनि उपभोक्ताको तुरुन्त परिवर्तन गर्न नचाहने बानीलाई जोडेरचाहिँ हेर्न मिल्छ । मानिसले एउटा ब्रान्डको मदिरा उपभोग गरिरहेको अवस्थामा अर्को ब्रान्ड परिवर्तन गर्ने जोखिम लिन चाहँदैन । 

मदिरापानलाई व्यवस्थापनका साथ पिउने हो भने यो सामाजिक भयो । तर, अत्यधिक पिउने हो भने यो कुनै पनि कोणबाट यो राम्रो पदार्थ होइन । यसले हानि पनि गर्छ । त्यसैले व्यवस्थित, सामाजिक हिसाबले र जिम्मेवार भएर पिउनुपर्छ । अर्थात्, आफूले पचाउन सक्ने र त्यसले कसैलाई पनि हानि नगर्ने मात्रासम्मको पिउनुपर्छ । पिउनुकै कारणले सामाजिक र पारिवारिक जीवन बिग्रन दिनुभएन । ठिक्क मात्रामा र आफ्नो शरीरले पचाउने मात्रामा मात्र पिउनुप¥यो । 

नेपाली समाजमा मदिरा संस्कृतिका रूपमा बढी रहेको छ कि मनोरञ्जनको साधनका रूपमा ?
यसलाई दुवै तरिकाले हेर्न सकिन्छ । नेपालका धेरै जातजातिको संस्कृतिअन्तर्गत विभिन्न चाडबाडमा मदिरा प्रयोग गर्ने प्रचलन छ । त्योसंँगै पछिल्लो समय मनोरञ्जनका लागि मदिरा प्रयोग गर्दागर्दै यो संस्कृतिकै रूपमा पनि विकास हुँदै गएको छ । मानिसहरू घरमै बार बनाउन थालेका छन् । ठूला भोजभतेरमा मदिरा अनिवार्यजस्तै हुँदै गएको छ । त्यसैले पिउनेले विशेष ध्यान दिनुपर्छ र सामाजिक तथा जिम्मेवार भएर पिउनुपर्छ भन्ने मेरो धारणा छ । मदिरा आफैँमा नराम्रो होइन । तर, यसले आफूलाई खानुभएन । 

मदिरा व्यवस्थापनलाई सरकारले चालेका कदमहरू एउटा मदिरा कम्पनीको अधिकारीको नाताले कसरी हेर्नुभएको छ ? 
सरकारले मात्र होइन, हामीले पनि मदिराको सही व्यवस्थापन होस् भन्ने चाहेका छौँ । मदिरालाई व्यवस्थित गर्नुपर्छ भन्ने विषयमा सरकार पनि गम्भीर छ र हामी पनि सहमत छौँ । यसमा सरकारसँग हाम्रो कुनै मतभेद छैन । 

नेपालमा लिकर्सको उत्पादन र बजार कस्तो छ ? राजस्वमा यो क्षेत्रको योगदान कति छ ?
नेपाल लिकर्सको मुख्य उत्पादनमा एन्टिक्विटी ब्लू, सिग्नेचर रेड, सिग्नेचर ग्रिन, म्याक ड्वेल्स, ब्लू रिब्यान्ड जिन र गोल्डेन ग्रेप ब्रान्डी रहेका छन् । त्यसमध्ये सिग्नेचर रेड र सिग्नेचर ग्रिनको माग बजारमा बढी रहेको छ । भर्खरै मात्र हाम्रो कम्पनीले बजारमा ल्याएको मिस्टर ड्वेल्स लक्जरी नम्बर १ ब्रान्ड नयाँ भएर पनि यसको मूल्य र स्वादका कारण उपभोक्ताले अत्यधिक रुचाएको पाइएको छ भने एन्टिक्विटी ब्लू पनि उपभोक्ताले रुचाएको देखिएको छ । हामीले गत वर्ष एक अर्ब ५५ करोडभन्दा बढी अन्तःशुल्क बुझाएका छौँ । विराटनगर राजस्व कार्यालयमा हामीले तिर्ने करको हिस्सा उल्लेख्य रहेको छ । उक्त कार्यालयमा सबैभन्दा बढी अन्तःशुल्क नेपाल लिकर्सले नै बुझाउँदै आएको छ । 

कम्पनीहरूले सामाजिक उत्तरदायित्वअनुसार पनि विभिन्न काम गर्ने गरेका छन् । नेपाल लिकर्सले के–के गरेको छ ?
नेपाल लिकर्सले व्यापारमा मात्र ध्यान नदिएर सामाजिक उत्तरदायित्वका कार्यहरू पनि गर्दै आएको छ । विभिन्न प्रकारका खेलकुद, शिक्षा, कला, संस्कृति, राष्ट्रिय चाडपर्वहरूलाई महत्व दिँदै त्यस्ता कार्यक्रमलाई समय–समयमा सहयोग गर्दै आइरहेका छौँ । वेला–वेलामा हुने विपत्तिहरूजस्तै बाढीपहिरो, कोभिड आदिमा पीडितहरूलाई खाद्यान्न, लत्ताकपडा तथा स्वास्थ्य सामग्रीहरू दिएर सहयोग गर्दै आइरहेका छौँ भने सांस्कृतिक पर्व गाईजात्रालाई मनोरञ्जनात्मक बनाउन सिग्नेचर गाईजात्रा कार्यक्रम प्रायोजन गर्नुका साथै सञ्चारकर्मी सुरजसिंह ठकुरीलाई ब्रान्ड एम्बेस्डरका रूपमा लिएर उहाँसँगको सहकार्यमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यहरू गर्दै आइरहेका छौँ ।