मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ असोज २३ शनिबार
  • Thursday, 13 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज २३ शनिबार १२:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सरकार 'पढ्दै कमाउँदै' कार्यक्रम सञ्चालन गर्ने तयारीमा : अर्थमन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज २३ शनिबार १२:४३:oo

अर्थमन्त्री जनार्दन शर्माले सरकारले ‘पढ्दै : कमाउँदै’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि सो कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन् ।

सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको दोहोर्‍याउँदै उनले कार्यक्रमले मुलुकको शैक्षिक र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले हाम्रो विकासको मोडल समुदायमा आधारित हुनुपर्ने आवश्यक्ता समेत औँल्याए ।

‘अहिले म अर्थमन्त्री भएको वेला बढ्दै : कमाउँदै भन्ने कार्यक्रम सञ्चालनमा ल्याउने गरी तयार भएको छ। त्यसलाई लेख्ने वेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ। त्यस कारणले अब हामीलाई चाहिएको विकास भनेको उत्पादनमा आधारित हुनुपर्‍यो, हाम्रो शिक्षा। नेपालमा समूदायमा आधारित शिक्षा उपयुक्त छ। शिक्षा क्षेत्र पनि समुदायले चलाएको हो,’ उनले भने ।

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको उल्लेख गर्द शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए ।