Skip This
बागमती प्रदेशका सूचना संकलन र भण्डारण अब एउटै सूचना बैंकबाट
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १o:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

बागमती प्रदेशका सूचना संकलन र भण्डारण अब एउटै सूचना बैंकबाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १o:५५:oo

बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उद्देश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएको छ। प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन र नियमावलीमा भएको व्यवस्थाबमोजिम सञ्चार रजिस्ट्रार कार्यालयमार्फत एग्रिगेटर सूचना बैंक सञ्चालनमा आएको हो। सूचना बैंकको आन्तरिक मामिला तथा कानूनमन्त्री डाक्टर अजयक्रान्ति शाक्यले शुक्रबार हेटौँडामा उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि सम्बाेधन गर्दै मन्त्री शाक्यले बागमती प्रदेशको सूचना बैंकमा अब प्रदेशका सातवटा मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभासहित १४ वटा कार्यालयको सूचना एउटै पोर्टलबाट उपलब्ध हुने जानकारी दिए । मन्त्री शाक्यले नेपालमा पहिलोपटक बागमती प्रदेशमा सूचना बैंक सञ्चालनमा आएको बताए।

‘१४ वटा कार्यालयको सूचना अब सूचना बैंकमा आउनेछ । बागमती प्रदेशका ११९ वटै स्थानीय तहका सूचना आउन सक्ने गरी यसको विकास गरिनेछ,’ मन्त्री शाक्यले भने, ‘अब बागमती प्रदेशको सूचना प्राप्त गर्न एउटै सूचना बैंकबाट सम्भव हुन्छ। बागमती प्रदेशले सूचना प्रविधिलाई आत्मसात् गर्दै अघि बढिरहेको छ भन्ने यो एउटा सफल उदाहरण हो।’

गभर्नेस अटोमेसन सोलुसनले तयार गरेको सूचना बैंकमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश प्रमुखको कार्यालय, प्रदेश सभा, आन्तरिक मामिला तथा  कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा  वातावरण मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नीति तथा योजना आयोग, सञ्चार रजिस्ट्रको कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, यातायात पूर्वाधार निर्देशनालय, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वेबसाइटमा राखिएका सूचना बैंकमा संग्रहित गराइएको छ।

ad
ad