१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
लन्डन
२o८१ बैशाख २४ सोमबार o६:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोनाल्डोलाई बलात्कार मुद्दामा सफाइ

Read Time : < 1 मिनेट
लन्डन
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:५o:oo

नेभेडाको एक अदालतका न्यायाधीशले पोर्चुगलका कप्तान क्रिस्टियानोमाथि लागेको बलात्कारको मुद्दा रद्द गर्न सिफारिस गरेका छन् । न्यायाधीश ड्यानियल अल्बरेट्सले मुद्दा रद्द गर्ने अन्तरिम फैसला गरेसँगै रोनाल्डो तनावमुक्त भएका छन् । न्यायाधीश ड्यानियलले रोनाल्डोबाट कुनै अपराध नभएको आदेशमा जनाएका छन् । 

सन् २०१० मा क्याथरिन मेयोर्गाले आफू रोनाल्डोबाट बलात्कृत भएको र यौन आक्रमण भएको दाबी गर्दै मुद्दा दर्ता गरेकी थिइन् । मुद्दाबाट पछाडि हट्न रोनाल्डोले आफूलाई गोप्य रूपमा तीन लाख ७५ हजार डलर दिएको दाबी उनले गरेकी थिइन् । पूर्वमोडल मेयोर्गाले लस भेगासको एउटा होटेलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् । 

शुक्रबार नेभेडाका न्यायाधीशले रोनाल्डोमाथि लगाइएका दुवै आरोप झुटा भएका र प्रमाण अपुग भएको अन्तरिम फैसला गरेका हुन् । नेभेडाको न्यायाधिवक्ताको कार्यालयले रोनाल्डोमाथि मुद्दा चलाउने पर्याप्त प्रमाण नभेटिएको भन्दै उनलाई अभियोगमुक्त गरेको थियो । रोनाल्डोले सो प्रकरणमा आफूहरूले सहमतिमै सम्बन्ध राखेको र कुनै अपराध नगरेको बताउँदै आएका छन् । रोनाल्डोले प्रकरणको तीन वर्षपछि नै मेयोर्गासँग आर्थिक रूपमा यो मुद्दा सल्टाएको जनाएका छन् । 

तर, विभिन्न रूपमा रोनाल्डोका एजेन्टले आफूलाई धम्की दिएको मेयोर्गाले बताएकी छिन् । न्यायाधीश ड्यानियलले रोनाल्डोका वकिलले मुद्दा रद्द गर्न राखेको मागको पक्ष लिएका हुन् । मुद्दाको सुनुवाइ गर्ने न्यायाधीश ड्यानियलले एक सिफारिसमा मेयोर्गाका वकिल लेस्ली मार्क स्टोभलमाथि चुहावट तथा चोरी भएको कागजातका आधारमा मुद्दा लगाएको आरोप लगाएका छन् । 

सो कागजात रोनाल्डो र उनका वकिलबीच भएको विशेष अधिकारप्राप्त कुराकानी हो । ‘मेयोर्गाको वकिलको अनुपयुक्त आचरणका लागि मेयोर्गाको मुद्दा खारेजी कठोर परिणाम हो,’ न्यायाधीश ड्यानियलले अमेरिकी डिस्ट्रिक्ट न्यायाधीश जेनिफर डोर्सीलाई दिएको सिफारिसमा लेखेका छन् । 
 

ad
ad