१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २२ शुक्रबार
  • Saturday, 05 July, 2025
भरतपुरको लेक ट्वान्टी फर्म एण्ड रिट्रिकस्थित पौडी पोखरीमा अभ्यास गर्दै पौडीबाज।
२o७८ असोज २२ शुक्रबार १२:२७:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पौडीको प्रशिक्षण लिन चितवनमा पौडीबाज

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २२ शुक्रबार १२:२७:oo

काठमाडौंदेखि स्विमिङको प्रशिक्षणका लागि खेलाडीहरू चितवन आएका छन्। कोभिड– १९ का कारण बन्द भएको प्रशिक्षणलाई निरन्तरता दिन काठमाडौंको एक टिम चितवनको भरतपुरमा स्विमिङ प्रशिक्षणका लागि आएको हो।

बानेश्वर बुद्धनगर घर भएका राष्ट्रिय खेलाडी अनुभव सुब्बा झन्डै डेढ वर्षपछि सामूहिक रूपमा साथीहरूसँग बिहीबार प्रशिक्षण लिइरहेका थिए। नेपालबाट प्रतिनिधित्व गरेर दक्षिण एसियाली खेल, वर्ल्ड च्याम्पियनलगायतमा सहभागी भएका सुब्बाले भने, ‘कोभिडका कारण प्रशिक्षण नपाउँदा र प्रतियोगितामा समेत सहभागी हुन नपाउँदा स्विमिङस्तर कम हुँदै गएको थियो।  सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिसरको पौडी प्रशिक्षण केन्द्रमा विगतमा प्रशिक्षण लिएको भए पनि अहिले कोभिडका कारण प्रशिक्षण केन्द्र बन्द हुँदा समस्या परेका उनले सुनाए । नियमित अभ्यास नहुँदा टाइमिङमा समस्या पर्ने उनको अनुभव छ।

अहिले भरतपुरको देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली)मा सुब्बाजस्तै राष्ट्रिय र जुनियर टिमका गरेर १३ जना ६ दिनसम्म चल्ने पौडी प्रशिक्षणमा सहभागी भएका छन्। यसमा महिला पौडीबाजको संख्या नाै र पुरुषको तीन रहेको छ।  राष्ट्रिय खेलकुद परिषदमा कार्यरत पौडी कोच ओङ्देन लामाले आफ्नो सम्पर्कमा रहेका प्रशिक्षार्थीहरूलाई रिफ्रेसमेन्ट गराउने र प्रशिक्षण पनि दिने उद्देश्यले चितवन ल्याइएको बताए। चितवन गर्मी ठाउँ भएकाले प्रशिक्षण प्रभावकारी हुने उनले बताए।

पौडी खेल खेल्न चाहानेहरूका लागि लक्षित गरी लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट (हवेली)ले स्विमिङ ट्रेडिङ क्याम्प चितवन नाम राखेर निर्माण गरिएको यो स्विमिङ पुल बिहीबारदेखि नै सञ्चालनमा ल्याइएको हो। यसका सञ्चालक देभेन लोहनीले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरी ओलम्पिक साइजकै पुल बनाएको बताए । दुई करोडको लगानीमा यो पुल निर्माण गरिएको हो। पुलको लम्बाइ  २५ मिटर र चौडाइ ६ लेनसहित १८ मिटर छ। पुल पाँच फिट गहिरो छ।

करिब ११ बिघा क्षेत्रफलमा फैलिएको यस रिट्रिटले एक दशकदेखि चितवन आउने पर्यटकलाई सेवा दिँदै आएको यसका प्रवर्द्धक राजेश शर्माले बताए। सर्वसाधारणका लागि पनि पुल खुला गरिएको छ। स्विमिङको प्रशिक्षणको चाहना भएकाहरूलाई प्रशिक्षक राखेर नियमित रूपमा प्रशिक्षण प्रदान गरिने शर्माले बताए।