१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज २१ बिहीबार
  • Wednesday, 09 July, 2025
२o७८ असोज २१ बिहीबार १२:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मी कांग्रेसको पालिका अधिवेशन सकियो, दुई पालिकामा निर्वाचन, दशमा सर्वसम्मत    

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असोज २१ बिहीबार १२:५९:oo

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गुल्मीका १२ पालिकाको पालिका अधिवेशन सकिएको छ। जिल्लाका ११ पालिकामा मंगलबार र बुधबार एक पालिकामा नेतृत्व टुंगाे लागेको हो। १२ पालिकामध्ये मुसिकोट नगरपालिका र कालीगण्डकी गाउँपालिकामा मात्रै नेतृत्वको लागि निर्वाचन भएको छ। 

मुसिकोटमा सभापतिका दुई उम्मेदवार झविलाल भण्डारी र मोहन घिमिरेबीच सहमति नभएपछि निर्वाचन भएको कांग्रेस जिल्ला सचिव खिलध्वज पन्थीले जानकारी दिए। मतदानमा एक सय ४८ मत खसेको थियो। जसमा ८७ मतसहित मोहन घिमिरे सभापतिमा निर्वाचित भए। उनका प्रतिस्पर्धी झविलाल भण्डारीले ६१ मत प्राप्त गरेका थिए। मुसिकोटमा उपसभापतिमा पनि निर्वाचन भएको थियो। त्यस्तै कालीगण्डकी गाउँपालिकाको सभापतिमा ५६ मत प्राप्त गरेका निमबहादुर श्रीस सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी गोविन्द गौतमले सात र रामप्रसाद न्यौपाने ४७ मत प्राप्त गरेका थिए। कालीगण्डकीमा पनि उपसभापति, सचिव र सहसचिव पदमा निर्वाचन भएको थियो।

जिल्लाका १० वटा पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। रेसुंगा नगरपालिकामा सभापतिका पाँचजना दाबेदार थिए। तर, एक दिन ढिला गरेर भए पनि जयश्वर पन्थी सभापतिसहित सर्वसम्मत नेतृत्व चयन भएको छ। मदाने गाउँपालिकामा महेन्द्र कुँवर, मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, इस्मा गाउँपालिकामा कृष्णप्रसाद रिजाल सभापतिसहित नेतृत्वको टुंगाे लागेको जिल्ला सचिव पन्थीले बताए। 

त्यस्तै, धुर्कोट गाउँपालिकामा हरिबहादुर थापा, गुल्मी दरबार गाउँपालिकामा प्रेम पुन, छत्रकोट गाउँपालिकामा धातानन्द भुसाल, चन्द्रकोट गाउँपालिकामा विष्णुप्रसाद भण्डारी, रुरुक्षेत्र गाउँपालिकामा देवेन्द्र मल्ल र सत्यवती गाउँपालिकामा विष्णु भण्डारी सभापतिसहित सर्वसम्मत नेतृत्व चयन भएको हो।