मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असोज २१ बिहीबार ०५:५०:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ कात्तिकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असोज २१ बिहीबार ०५:५०:००

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा २९ कात्तिकदेखि दोस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता हुने भएको छ । संघका अध्यक्ष राम अवालेले प्रतियोगितामा तीन विभागीय टोलीसहित दुई सय ५० खेलाडी सहभागी हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । 

पुरुषतर्फ १३ र महिलातर्फ आठ गरी जम्मा २१ बाउट स्पर्धामा प्रतिस्पर्धा हुने अध्यक्ष अवालले बताए । प्रत्येक तौल समूहमा कम्तीमा १० हजार नगद पुरस्कार राखिएको छ । प्रायोजक बढेमा पुरस्कार राशिमा पनि वृद्धि हुने आयोजकले जनाएको छ ।

यसैबीच, संघले सर्बियाको बेलग्रेडमा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडी सार्वजनिक गरेको छ । २५ अक्टोबरदेखि ६ नोभेम्बरसम्म हुने विश्व च्याम्पियनसिपमा नेपालका चार खेलाडी सहभागी हुने भएका छन् । विश्व बक्सिङका लागि ४८ केजीमा रविन थापा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भूपेन्द्र थापामगर छनोट रहेका छन् । सनिल र भूपेन्द्र १३औँ दक्षिण एसियाली खेलकुद (साग)का स्वर्णधारी हुन् ।