१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o६:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकलाई पुनः एसियाली विकास बैंकको अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:o५:oo

नबिल बैंक लिमिटेडले सन् २०२१ का लागि एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा नेपालको लिडिङ पार्टनर बैंकको अवार्ड पाएको छ । बैंकले यो अवार्ड अघिल्लो वर्ष पनि पाएको थियो । 

एसियाली विकास बैंकको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्रामद्वारा व्यापार वित्तको बजारलाई उत्थान गर्दै व्यापारलाई हौसला दिने उद्देश्यका साथ बैंकहरूलाई जमानी र ऋण प्रदान गर्ने जनाइएको छ । ट्रेड फाइनान्स प्रोग्रामले जमानी र ऋणमार्फत बजारमा रहेका कठिनाइहरू अन्त्य गरेर दिगो विकासका लक्ष्यहरू हासिल गर्न देशहरूलाई सशक्त पार्ने बैंकले जनाएको छ ।  

बैंकले १ जुलाई २०२० देखि ३० जुन २०२१ सम्म नेपालमा ट्रेड फाइनान्स प्रोग्रामसँग सबैभन्दा बढी कारोबार गरेको बैंकको दाबी छ । बैंकले देशभरिमा एक सय ३५ शाखा, एक सय ८४ एटिएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad