मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १९ मंगलबार
  • Tuesday, 15 July, 2025
गणेश लम्साल विराटनगर
२o७८ असोज १९ मंगलबार १३:५५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

डिल्लीबजार जेलमा रहेका गुन्डानाइके गिरीलाई मोरङ ल्याउन लागेको भन्दै प्रदर्शन 

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७८ असोज १९ मंगलबार १३:५५:oo

काठमाडौंको डिल्लीबजार कारागारमा रहेका कैदी अभिषेक गिरीलाई विराटनगर ल्याउन नदिन मोरङ कारागारअगाडि कैदीबन्दीका आफन्तले प्रदर्शन गरेका छन्। विराटनगर महानगरपालिका मधुमारा घर भएका गुन्डानाइके अभिषेक गिरीलाई विराटनगर  ल्याए असुरक्षा बढ्ने भन्दै कैदीबन्दीका आफन्तले मंगलबार दिउँसो मोरङ जिल्ला कारागारअगाडि प्रदर्शन गरेका हुन्। 

सोमबार मोरङ कारागारका चौकीदार नवीन राईलाई सुनसरीस्थित झुम्का कारागार पठाएपछि भित्र रहेका कैदीबन्दीहरू गिरीलाई ल्याउने पक्का भएको भन्दै त्रसित बनेका छन्। सोमबार झुम्का कारागार जान नमानेपछि जेल प्रशासनले बल प्रयोग गरेर स्कर्टिङ गर्दै उनलाई झुम्का कारागार पुर्‍याएको थियो। कर्तव्य ज्यान मुद्दा आरोपमा जेल परेका राई तीन वर्षदेखि मोरङ कारागारमा चौकीदारका रूपमा कार्यरत थिए। 

व्यक्ति अपहरण र फिरौती असुली आरोपमा काठमाडौंको बानेश्वरबाट पक्राउ परेका गिरीलाई काठमाडौं अदालतले आठ वर्ष कैद सजाय गरेको थियो। अदालतको फैसलापछि डिल्ली बजार कारागारमा रहेका कैदी गिरीले कांग्रेस नेतृत्वको सरकार आएसँगै पहुँच प्रयोग गरेका थिए। नेपाली कांग्रेस समर्थक मानिने गिरी विराटनगरमा गुन्डागर्दीका लागि चर्चित थिए। 

१७ साउन ०६५ मा तत्कालीन जिल्ला विकास समिति मोरङको टेन्डर काण्डमा   विराटनगर महानगरपालिका– १२ जतुवाका युवा  करण यादवको हत्या अभियोगमा गिरी २१ साउन ०६६ देखि पुर्पक्षका लागि जेल गएका थिए। गिरीलाई  क्षेत्रीय कारागार सुनसरीको झुम्काबाट पेसीका लागि मोरङ जिल्ला अदालत ल्याउँदा १८ जेठ ०६८ मा  अदालत परिसरभित्रै पर्शुराम बस्नेत समूहले सांघातिक हमला गर्दा उनी गम्भीर घाइते भएका थिए। आक्रमणपछि सुरक्षाका लागि भन्दै गिरीलाई मोरङ कारागारमा सरुवा गरिएको थियो। कारागारमा रहँदा गिरीले जेलभित्रैबाट चन्दाआतंक चलाएर फिरौती असुल्ने गरेको आरोप पनि लागेको थियो। 
 
अदालत परिसरमा  आफूमाथि आक्रमण  गराएको आरोपमा गिरी र उनकी श्रीमती अमिषा गिरीले पर्शुराम समूहका २३ जनाभन्दा बढीलाई ज्यान मार्ने उद्याेगअन्तर्गत मुद्दा दायर गरेका थिए। व्यक्त्ति हत्या आरोपमा जेल परेका गिरी एक वर्षपछि मोरङ अदालतबाट उक्त हत्या आरोपमा सफाइ पाएका थिए। 

जेलबाट छाडिएपछि उनी सानमानका साथ कांग्रेसमा प्रवेश गरेका थिए। त्यसपछि केही महिना शान्त बसेका उनी काठमाडौंबाट व्यक्ति अपहरण र फिरौती आरोपमा पक्राउ परेका थिए।  गिरीलाई सम्पत्ति शुद्धीकरण विभागले पनि गुन्डागर्दी गरेर अकुत कालो धन जम्मा गरेको आरोपमा मुद्दा चलाएको थियो।