१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १८ सोमबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १८ सोमबार १७:५o:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्सेमा गिरावट, कारोबार रकम पनि घट्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १८ सोमबार १७:५o:oo

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ६ अंक बढीले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.६८ अंकले घटेर दुई हजार ५७० दशमलव ८१ अंकमा पुगेको छ ।
 
ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.२८ अंकले घटेर ४८४ दशमलव ९८ अंकमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा समेत गिरावट आएको छ ।

कुल २२७ कम्पनीको ७६ लाख ५३ हजार २२० कित्ता सेयर रु तीन अर्ब ६२ करोड ७७ लाख ९९ हजार ९३५मा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज चार उपसमूहका सेयर उकालो लागेका छन् । होटल तथा पर्यटन १२ दशमलव ८, जीवन बिमा पाँच दशमलब ६२, लघुवित्त ७२ र अन्य २१ दशमलव ६१ अंकले बढेका छन् । 

यस्तै बैंकिङ तीन दशमलव ८८, विकास बैंक ८६ दशमलब ४, वित्त ५२ दशमलब ९३, जलविद्युुत् ६५ दशमलब ०८, लगानी शून्य दशमलब ६४, उत्पादन ३२ दशमलब ४३, सामूहिक लगानी कोष शून्य दशमलब १०,  निर्जीवन बिमा १३ दशमलब १७ अंकले घटेका छन् ।

कारोबारका आधारमा आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु १२ करोड १२ लाख १६ हजार ७७४ मूल्यबराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो। यस्तै, नेपाल बैंक लिमिटेड रु ११ करोड ३५ लाख १४ हजार ९८६, हिमालयन डिस्टिलरी रु १० करोड २९ लाख ९६ हजार ८३९, नेसनल हाइड्रोपावर रु नौ करोड ५४ लाख १३ हजार ६७८ र रैराङ हाइड्रोपावर रु नौ करोड २२ लाख ७४ हजार ३१ मूल्यमा कारोबार भई शीर्ष पाँच स्थानमा रहेका छन् ।

नेप्सेका अनुसार कारोबारका आधारमा आशा लघुवित्त वित्तीय संस्था कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै, मैलुङ खोला जलविद्युत् कम्पनी, सपोर्ट लघुवित्त, मिथिला लघुवित्त, महिला लघुवित्तका लगानीकर्ताले नौ प्रतिशतभन्दा बढीले कमाएका छन् ।

आजको कारोबारमा मनकामना स्मार्ट लघुवित्त नौ दशमलब ३८, दिव्यश्वरी हाइड्रोपावर सात दशमलब १९  राधी विद्युत् कम्पनी छ दशमलव ५७, माउन्टेन हाइड्रोपावर छ दशमलव २३ र ङादी ग्रुप पावर लिमिटेडका लगानीकर्ताले छ दशमलव ०८ प्रतिशतले गुमाए । सेयर कारोबार हुने साताको दोस्रो दिनमा आइपुग्दा बजार पुँजीकरण घटेर रु ३५ खर्ब ९८ अर्ब ६८ करोड ६८ लाख ८० हजारको हाराहारीमा ओर्लेको छ ।