१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार १५:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पर्सामा कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगियो, चार जिल्लामा विवाद कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:३३:oo

नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत पर्सा जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंग्याएको छ। कांग्रेसले सदस्यता विवाद टुंग्याएर वेबसाइटमार्फत विवरण सार्वजनिक गरेको हो। 

नेता कृष्ण सिटौला संयोजकत्व रहेको विवाद समाधान कार्यदलले विवाद समाधान गरेर केन्द्रीय निर्वाचन समितिलाई विवरण बुझाएको हो। विवरण उपलब्ध भएसँगै कांग्रेस केन्द्रीय कार्यालयले सदस्यता विवरण वेबसाइटमार्फत सार्वजनिक गरेको छ।

निर्वाचन समितिले पछिल्लो समय विवरण उपलब्ध भएका आठमध्ये हिमाली जिल्ला डोल्पामा मात्र निर्वाचनको प्रक्रिया सुरु गरेको छ।

यसअघि विवरण सार्वजनिक भएका सुर्खेत, महोत्तरी, सिराहा, बाँके, धनुषा, सर्लाही, कैलाली र आज सार्वजनिक पर्सासहित बाँकी चार जिल्लाका सबै विवरण उपलब्ध भएपछि मात्र कार्यतालिका हेरफेर गरेर एकमुष्ट निर्वाचन गरिने निर्वाचन समितिले जनाएको छ। अब क्रियाशील विवाद टुंगो लाग्न बाँकी जिल्लामा बारा, रौतहट, सप्तरी र रसुवा रहेका छन्।

ad
ad