मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ असोज १७ आइतबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असोज १७ आइतबार १४:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आज बेलुकासम्म मन्त्रीको टुंगो लाग्छ : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असोज १७ आइतबार १४:३८:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बेलुकासम्म मन्त्रीको टुंगो लाग्ने बताएका छन्। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) को केन्द्रीय समिति बैठकमा बोल्दै उनले आज बेलुकासम्म नाम टुंगो लाग्ने र सोमबार शथप हुन सक्ने बताएका हुन्। ‘आज बिहान पनि यस विषयमा छलफल भएको थियो,’ उनले भने, ‘कानुनमन्त्री आज बिहान आउनुभएको थियो। उहाँसँग पनि यही विषयमा छलफल भयो। हामी मन्त्रिपरिषद्को विषय टुंग्याउन लागिरहेका छौँ ।’

उनले भूमिहीन किसानको पक्षमा काम गर्नु अहिको आवश्यकता भएको बताए। नेपालको आधारभूत स्रोत साधन जुटाउने उद्याेग भनेको कृषि भएको उनले बताए। विदेशबाट कच्चा पदार्थ ल्याउने उद्याेगले आत्मनिर्भर बनाउन सक्दैन। पहिलाको भन्दा अहिले कृषिमा व्यावसायीकरण सुरु भएको उलको भनाइ थियो। तर, कृषि उत्पादन पर्याप्त नभएको उनले बताए।

उनले एमसिसीलाई यथास्थितिमा पारित गर्न नसकिने बताए। प्रचण्डले एमसिसी पास गर्न राष्ट्रिय सहमति आवश्यक पर्ने बताए। इन्डो–प्यासिफिक रणनीतिको अंग हुन नेपाल हुन नसक्ने उनले बताए। तर, अमेरिकाको सहयोग नलिने भन्ने नभएको उनले बताए।