१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असोज १५ शुक्रबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ असोज १५ शुक्रबार २१:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

अखिल(क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असोज १५ शुक्रबार २१:३६:oo

अखिल(क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी सांगठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि सुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको शुक्रबार दोस्रो दिन सुरु भएको बन्दसत्रमा उक्त प्रस्ताव गरिएको अध्यक्षका प्रत्यासी रहेका प्रचारप्रसार समितिका संयोजक सुरेन्द्र बस्नेतले जानकारी दिए ।

सम्मेलनले एक अध्यक्ष, तीन खुला उपाध्यक्ष, चार समावेशी उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव,  प्रदेशबाट आठ सचिव, समावेशीवाट पाँच  सचिव  र एक कोषाध्यक्ष गरेर २५ सदस्यीय पदाधिकारी तथा १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्नेछ।

शुक्रबारको बन्दसत्रमा नेकपा (माओवादी केन्द्र) का नेताहरू नारायणकाजी श्रेष्ठ , देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेतले समसामयिक राजनीतिक विषय र क्रान्तिकारीले अंगीकार गर्नुपर्ने शैक्षिक मुद्दा तथा आन्दोलनका बारेमा प्रशिक्षण दिएका थिए।  

ad
ad
ad
ad